२४ घण्टामा १७९ जनामा कोरोना संक्रमण, एक जनाको मृत्‍यु

२४ घण्टामा १७९ जनामा कोरोना संक्रमण, एक जनाको मृत्‍यु

केन्द्रबिन्दु
0
Shares

पछिल्लो २४ घण्टामा थप १७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ९५९ जनाको नमुना परीक्षणमा १७९ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य जनसंख्या मन्त्रालयका अनुसार २ हजार ६०० जनाको पीसीआर परीक्षणमा १२७ जना र २ हजार २५९ जनाको एन्टिजेन परीक्षणमा५२ जनामा संक्रमण देखिएको छ ।

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या नेपालमा २ हजार २७१ जना पुगेको छ । पछिल्लो २४ घण्टामा १७१ जना संक्रमणमुक्त भएका छन् । सोही अवधीमा १ जनाको मृत्यु भएको छ ।

Skip This
Skip This
Logo