विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक टेड्रोस एडहानोम गेहब्रेयससले एकै हप्तामा कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या मार्च २०२० यताकै न्यून स्तरमा पुगेको बताएका छन् । उनले आफ्नो नियमित साप्ताहिक प्रेस ब्रिफिङका क्रममा महामारी अन्त्य गर्ने प्रयासमा आफूहरु यो भन्दा राम्रो स्थितिमा पहिले कहिल्यै नपुगेको बताएका छन्।
तर पनि उनले विश्व अझै अपेक्षित चरणमा भने नपुगेको चेतावनी दिए । महानिर्देशक गेब्रेयससले यो अवसर प्रयोग नगरेमा पुनः विश्वमा थप भेरियन्टको उत्पत्ति, मृत्यु, अवरोध र अनिश्चितताको जोखिम बढ्न सक्ने भन्दै सचेत गराएका छन् ।
महानिर्देशक गेहब्रेयससले बुधबार छ वटा छोटो नीति पत्रहरू जारी गरेका छन् । जसले 'दौड अन्त्य गर्ने' नियतका साथ सबै सरकारहरूको लागि महत्त्वपूर्ण कार्यहरूको रूपरेखा दिन्छ।































प्रतिक्रिया