१२ असोज २०७९ बुधबार
1
1
1
1

डेंगु बिरामीको संख्या बढ्दो, साढे १७ हजार बढीमा डेंगु पुष्टि

1
1
1
1

नेपालमा डेंगु बिरामीको संख्या साढे १७ हजार नाघेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २०७९ साउनदेखि हालसम्म देशभर डेंगु बिरामीको संख्या १७ हजार ५९४ पुगेको छ । हालसम्म डेंगुका कारण २१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । 

देशका ७७ मध्ये ७५ जिल्लामा डेंगुका बिरामी भेटिएका छन् । २०६१ सालमा पहिलो पटक नेपालमा डेंगुको बिरामी देखिएका थिए । त्यसपछि नेपालमा प्रत्येक वर्ष डेंगु देखिएको छ । 

मन्त्रालयका अनुसार सबैभन्दा बढी डेंगुका बिरामी बागमती प्रदेशमा देखिएका छन् । बागमतीमा हालसम्म १२ हजार ९४७ जनामा डेंगु देखिएको छ । 

यस्तै, प्रदेश १ मा ५६०, मधेश प्रदेशमा २६१, गण्डकीमा ४०९, लुम्बिनीमा २ हजार ६४३, कर्णालीमा २०७ र सुदूरपश्चिम प्रदेशमा ५६७ जनामा डेंगु देखिएको मन्त्रालयले जनाएको छ 

स्वास्थ्य

प्रकाशित: ४ असोज २०७९ १६:१० मंगलबार

1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी