कोरोना संक्रमित युवतीको मृत्यु

कोरोना संक्रमित युवतीको मृत्यु

केन्द्रबिन्दु
0
Shares

पोखरा ।

पोखरामा कोरोना संक्रमणबाट महानगरपालिका १ निवासी २५ वर्षीया युवतीको मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत युवतीको बिहीबार राति मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा.बिनोदबिन्दु शर्माले जानकारी दिए ।

स्वास्थ्यमा समस्या देखिएपछि गरिएको कोभिड–१९ परीक्षणमा यही माघ ५ गते युवतीमा संक्रमण पुष्टि भएको डा. शर्माले बताए । युवतीमा मृगौलाको समस्यासहित अन्य दीर्घ रोगहरु समेत रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय ३ पुगेको छ ।

Logo