नेपालमा पछिल्लो २४ घण्टामा थप २७ जनालाई कोरोना भाइरसको संक्रमण भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा एक हजार ५४६ जनाको नमुना परीक्षण गरिएकोमा थप २७ जनामा संक्रमण पुष्टि भएको हो । यस अवधिमा २६ जना संक्रमणमुक्त भएका छन् भने कसैको मृत्यु भएको तथ्यांक उपलब्ध छैन ।
हाल देशभरमा ५६९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।





























प्रतिक्रिया