चितवन ।
चितवन जिल्लामा आज ५० जना संक्रमित थपिएका छन् । संक्रमित मध्ये ४२ जना सशस्त्र प्रहरी रहेका छन् ।
जिल्लास्थित भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा दुई महिला, ४२ सशस्त्र प्रहरीसहित ५० जनामा कोरोना पुष्टि भएको हो ।
पूर्वीचितवनको सशस्त्र प्रहरी विपद् व्यवस्थापन गण ३ नम्बर बाहिनीमा कार्यरत ६० जना सशस्त्र प्रहरीको परिक्षण गरिएको मध्ये ४२ जना प्रहरीलाई कोरोना देखिएको अस्पतालले जानकारी दिएको छ ।





























प्रतिक्रिया