पछिल्लो २४ घण्टामा थपिए ४६ कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा थपिए ४६ कोरोना संक्रमित

केन्द्रबिन्दु
0
Shares

नेपालमा पछिल्लो २४ घण्टामा थप ४६ जना कोरोना संक्रमित थपिएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार २ हजार २८७ जनाको नमुना परीक्षण गर्दा ४६ जनामा कोरोना पुष्टि भएको हो । 

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको उपचार गराइरहेकामध्ये १६ जना डिस्चार्ज भएका छन् । नेपालमा कोरोना संक्रमणका कारण हालसम्म १२ हजार १८ जनाले ज्यान गुमाएको मन्त्रालयको तथ्यांक छ । 

यस्तै, हाल नेपालमा ७११ जना सक्रिय कोरोना संक्रमित छन् । 

Logo