चिकित्सक लाइसेन्स परीक्षा माघ १२ देखि १४ सम्म हुने

चिकित्सक लाइसेन्स परीक्षा माघ १२ देखि १४ सम्म हुने

केन्द्रबिन्दु
0
Shares

नेपाल मेडिकल काउन्सिलको ६४ औँ चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षाको आगामी माघ १२ देखि १४ गतेसम्म हुने भएको छ । 

काउन्सिलले आगामी आगामी माघ १२ देखि १४ माघसम्म हुने परीक्षामा सहभागी हुन चाहनेले आगामी २७ मंसिरदेखि २७ पुससम्म नियमित रुपमा फारम भर्न सक्नेछन् । यस्तै २८ र २९ पुसमा भने विलम्ब शुल्क तिरेर फारम भर्न सक्ने काउन्सिलले जनाएको छ । काउन्सिलले फारम भने प्रक्रिया अनलाइनबाट हुने र तोकिएको अवधिभर चौविसै घण्टा सेवा लिन सकिनेसमेत सूचनामा उल्लेख गरेको छ । काउन्सिलले हरेक वर्षको तीन पटक चिकित्सक लाइसेन्स परीक्षा लिँदै आएको छ । 

Logo