पिसिआर परीक्षण गरेका व्यक्तिले रिपोर्ट नआएसम्म सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

पिसिआर परीक्षण गरेका व्यक्तिले रिपोर्ट नआएसम्म सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

कोरोना आश‌ंका भइ परीक्षण गराउनेहरुले रिपोर्ट नआएसम्म सावधानी अपनाउन सरकारले आग्रह गरेको छ । केही दिनदेखि कतिपय व्यक्तिहरुले आफूलाई कोरोना शंका गरी परीक्षण गराउनेको संख्या बढिरहेको छ ।

कोरोना परीक्षणको लागि पिसिआर गरी आउनु भएको कोही हुनुहुन्छ भने घरमा बसि सुरक्षित रहन स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा डा.जागेश्वर गौतमले बताए ।

गौतमले भने,’ यदि तपाईंको परीक्षण रिपोर्ट पोजिटिभ आयो र तपाईंले सावधानी नअपनाउनु भएको भए तपाईंले सम्पर्क गर्नु भएका र तपाईंसँग सम्पर्कमा आएका व्यक्ति, समूह एवम् समाजमा संक्रमण भएको हुन सक्छ ।’

घर, अफिस, मेलापात, भेटघाट जहाँ सक्रिय जीवनयापन गरिरहिएको छ, सबैलाई जनस्वास्थ्यका मापदण्डहरु अपनाउनलाई उनले आग्रह गरे ।

सामाजिक दूरी कायम गर्ने, मास्क सहि रुपमा प्रयोग गर्ने, सरसफाईमा ध्यान दिने जस्ता क्रियाकलापहरु गर्न पनि उनले सुझाव दिए ।

‘कोभिड १९ एउटा पाण्डेमिक भाइरस हो । यसको संसारमा कहिं कतै पनि अझै सम्म उपचार हुने औषधि पत्ता लागेको छैन्,’ उनले भने,’ अतः संक्रमण रोकथामका लागि सावधानी अपनाउनु नै महत्वपूर्ण प्रभावकारी उपाय हो ।’

Skip This
Skip This
Logo