आजदेखि अल्का अस्पताल १७ वर्षमा, सबै सेवामा ३० प्रतिशत छुट

आजदेखि अल्का अस्पताल १७ वर्षमा, सबै सेवामा ३० प्रतिशत छुट

केन्द्रबिन्दु
0
Shares

ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पताल बुधबारदेखि १७ वर्षमा प्रवेश गरेको छ। अल्का अस्पताल २०६३ साल फागुन ३ गतेदेखि संचालनमा आएको थियो।

वार्षिक उत्सवको अवसरमा अल्का अस्पतालले बुधबार आफ्ना सबै सेवाहरुमा ३० प्रतिशत छुटको ब्यवस्था गरेको छ।

वार्षिक उत्सवको अवसरमा अस्पतालका सञ्चालक तथा अध्यक्ष कुमार थापाले बिरामीहरुको उपचारमा कुनै पनि कन्जुस्याई नगर्ने बताए । आगामी दिनमा अस्पताल स्तरउन्नति र सेवा विस्तार आफूहरुको प्रमुख प्राथमिकतामा रहेको उनले बताए ।

अल्का अस्पतालले नयाँ नयाँ प्रविधि भित्र्याएर बिरामीलाई सेवा दिँदै आइरहेको छ।

टेष्ट ट्युब बेबी सेवा, प्रसूति तथा महिला रोग सेवा, डाइबेटिज, बालरोग, मुटुरोग, नशा, बाथ रोग, यौन तथा छालारोग, ग्यास्ट्रोलोजी, रेडियोलोजी, आँखा, नाक, कान, घाँटी, दाँत रोग, युरोलोजिस्ट, कलेजो रोग, एनेस्थेसिया लगायतका विशेषज्ञबाट अस्पतालले बिरामीलाई सेवा दिइरहेको छ। अल्का अस्पतालमा सुविधा सम्पन्न ल्याव र आफ्नै नसिर्ङ कलेज छ। 

वार्षिक उत्सवको अवसरमा अल्का अस्पतालले रक्तदान कार्यक्रमसमेत आयोजना गरेको छ। 

Logo