काठमाडौं उपत्यकामा आज १४५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं उपत्यकामा आज १४५ जनामा कोरोना संक्रमण पुष्टि

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

काठमाडौं उपत्यकामा आज १४५ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार अब उपत्यकाका ३ जिल्ला मध्ये काठमाडौंमा १ लाख हजार ३४८, भक्तपुरमा ९ हजार १४१ र ललितपुरका १५ हजार ८३५ संक्रमित पुष्टि भएसँगै कूल संक्रमितको संख्या १ लाख २५ हजार ३२४ जना पुगेको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६८ हजार ३१० जना पुगेको छ । आज ३१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ३ हजार ६९३ रहेको छ ।

पछिल्लो २४ घण्टामा ३८३ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ६२ हजार ६४२ पुगेको छ । पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । यससँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ९७५ पुगेको छ।

नेपालमा हालसम्म २० लाख २६ हजार ७२६ जनाको पीसीआर परीक्षण गरिएको छ । आज ५ हजार १२ जनाको परीक्षण गरिएको छ।

Skip This
Skip This
Logo