प्रतिवन्धित औषधिहरुको बिक्री बढ्यो, सरकारले निरीक्षण गरोस् -व्यवसायी

प्रतिवन्धित औषधिहरुको बिक्री बढ्यो, सरकारले निरीक्षण गरोस् -व्यवसायी

केन्द्रबिन्दु
0
Shares

औषधि व्यवसायीहरुले औषधि व्यवसायीहरुलाई पनि बीमामा जोड्नुपर्ने माग राखेका छन् ।

शुक्रवार नेपाल औषधि व्यवसायी संघको दोस्रो वार्षिक साधारण सभामा बोल्दै व्यवसायीहरुले यस्तो माग राखेका हुन् । कायक्रममा बोल्दै वागमती प्रदेशका औषधि विभागका अध्यक्ष ध्रुवनारायण श्रेष्ठले औषधि व्यवसायीहरुलाई बीमामा संलग्न गर्न नसके निकट भविष्यमा नै औषधि पसलहरु बन्द गर्नुपर्ने अवस्था सिर्जना हुने बताए । 

उनले बीमामा औषधि व्यवसायीहरुलाई किन सरकारले संलग्न गर्न नसकेको भन्दै प्रश्न गरे । 

अध्यक्ष श्रेष्ठले औषधि व्यवसायीलाई पनि बीमामा संलग्न गरेर व्यवसाय सुरक्षित गर्नुपर्नेमा जोड दिए । 

कार्यक्रममा औषधि व्यवसायी डा. सन्तोष केसीले नेपालमा औषधि फार्मेसीहरुलाई घटाइ व्यवस्थित गर्नुपर्ने बताए । उनले औषधि पसलहरु नियन्त्रित व्यवसायभित्र पर्ने भएकाले राज्यले निरीक्षण गर्नुपर्ने बताए । औषधि व्यवसायी केसीले फार्मेसीहरुमा विकृति धेरै बढेको उनले बताए । 

उनले अमर्यादित रुपमा व्यवसायहरु सञ्चालन भइरहेको उल्लेख गरे । उनले रोक लगाइएका औषधिहरु गैरकानूनी रुपमा बेच्ने काम भइरहेको भन्दै यसलाई सरकारले समयमा नै निरीक्षण गरी कारबाही गर्नुपर्ने बताए । 

Logo