पछिल्लो २४ घण्टामा ५५ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा ५५ जनामा कोरोना संक्रमण पुष्टि

केन्द्रबिन्दु
0
Shares

नेपालमा पछिल्लो २४ घण्टामा ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

एक हजार २१६ वटा नमुना परीक्षण गर्दा ५५ जनामा संक्रमण पुष्टि भएको हो । सो अवधिमा ११ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ३९६ पुगेको छ ।

आइतबारसम्म अस्पतालमा भर्ना भएका १३ जनामध्ये ७ जना आइसीयु तथा ४ जना भेन्टलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Logo