नेपालमा आज थप १०६ जनामा कोरोना संक्रमण पुष्टि, एकको मृत्यु

नेपालमा आज थप १०६ जनामा कोरोना संक्रमण पुष्टि, एकको मृत्यु

केन्द्रबिन्दु
0
Shares

नेपालमा पछिल्लो २४ घण्टामा १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ४३६ जनाको परीक्षणमा उक्त संख्यामा संक्रमित देखिएका हुन् । पीसीआरमा ७४ र एन्टिजेन परीक्षणमा ३२ जनामा संक्रमण पुष्टि भएको छ । सो अवधिमा ४८ जनाका संक्रमणमुक्त भएका छन् भने एक जनाको मृत्यु भएको छ ।

नयाँ भेरिएन्ट देखिएसँगै संक्रमितको संख्या केही हप्तायता बढ्दो क्रममा छ । हाल सक्रिय संक्रमितको संख्या ४६९ पुगेको छ ।मन्त्रालयको नियमित कोभिड अपडेट अनुसार हाल संस्थागत आइसोलेसनमा २४ जना, आईसीयूमा १३ जना र भेन्टिलेटरमा ५ जना रहेको देखिएको छ । 

Logo