नेपालमा कोरोना संक्रमणबाट आज पनि एक जनाको मृत्यु

नेपालमा कोरोना संक्रमणबाट आज पनि एक जनाको मृत्यु


नेपालमा कोरोना भाइरस संक्रमणबाट बुधबार पनि एक जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको अपडेटअनुसार संक्रमणबाट आज थप एक जनाको मृत्यु भएको हो । योसँगै नेपालमा ज्यान गुमाउनेमा १२ हजार २२ जना पुगेका छन् । संक्रमणबाट ९४ दिनपछि नेपालमा मंगलबार एक जनाको मृत्यु भएको थियो । 

पछिल्लो २४ घण्टामा १२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २ हजार ३७७ जनाको परीक्षणमा उक्त संख्यामा संक्रमित देखिएका हुन् । साथै ८१ जनाका संक्रमणमुक्त भएका छन् । नयाँ भेरिएन्ट देखिएसँगै संक्रमितको संख्या केही हप्तायता बढ्दो क्रममा छ । हाल सक्रिय संक्रमितको संख्या ४४५ पुगेको छ ।

Logo