आज थप ६४ जनामा कोरोना संक्रमण पुष्टि, ३ जना भेन्टिलेटरमा

आज थप ६४ जनामा कोरोना संक्रमण पुष्टि, ३ जना भेन्टिलेटरमा


नेपालमा पछिल्लो २४ घण्टामा थप ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९५६ जनाको परीक्षणमा उक्त संख्यामा संक्रमित देखिएका हुन् । पीसीआरमा २१ र एन्टिजेन परीक्षणमा ४३ जनामा संक्रमण पुष्टि भएको छ । 
 
सो अवधिमा ४५ जनाका संक्रमणमुक्त भएका छन् ।
 
हाल सक्रिय संक्रमितको संख्या ३७७ पुगेको छ । मन्त्रालयको नियमित कोभिड अपडेट अनुसार हाल संस्थागत आइसोलेसनमा ३२ जना, आईसीयूमा ११ जना र भेन्टिलेटरमा ३ जना उपचाररत छन् । 

Logo