अस्पताल पुगेका ९९ प्रतिशत विरामीमा आँखाको सुख्खापन, उपचार कत्तिको कठिन छ ?

अस्पताल पुगेका ९९ प्रतिशत विरामीमा आँखाको सुख्खापन, उपचार कत्तिको कठिन छ ?


वातावरण प्रदूषण र बढ्दो इन्टरनेटको प्रयोगको सोझो असर मानिसको स्वास्थ्यमा पर्दै आएको छ । यी दुबैको असरले मानिसको आँखामा सुख्खापनको समस्या पनि बढाउन थालेको छ । मोबाइलमा लागेको ‘लत’ले सबै उमेर समूहमा मानिसलाई आफ्नो प्रभावमा लपेट्दा त्यस्ले निम्त्याउने समस्याप्रति साह्रै कम मात्र जानकार छन् । त्यसमाथि बढ्दो प्रदूषणले पनि आँखामा नै आक्रमण गर्दा मानिसको दृश्य शक्ति कमजोर बन्न थालेको छ । 

अहिले धेरै सर्वसाधारण राम्ररी आँखा हेर्न नसक्ने, आँखा र्फफराउने, आँखा दुख्ने, चिलाउने जस्ता समस्याहरु लिएर अस्पताल पुग्ने गरेका छन् ।

अहिले धेरै सर्वसाधारण राम्ररी आँखा हेर्न नसक्ने, आँखा र्फफराउने, आँखा दुख्ने, चिलाउने जस्ता समस्याहरु लिएर अस्पताल पुग्ने गरेका छन् । यस्ता समस्या भएका मानिसहरुको संख्या हरेक दिन थपिँदो छ । 

नेत्र रोग विशेषज्ञ डा. इली प्रधानका अनुसार आँखामा सुख्खापन हुनुको मुख्य कारण आँशुको कमी हो । जब आँखामा आँशु कम हुन्छ तब आखा चिलाउने, दुख्ने, सुख्खा हुने, आँखा रातो हुने जस्ता समस्याहरु देखा पर्दछ । आँखामा सुख्खापनको समस्या अहिले ९९ प्रतिशत व्यक्तिहरुमा रहेको छ । यस्तो समस्या नभएको मानिस चाहीँ एकदमै कम भेटिन्छन् । 

आँखामा सुख्खापनको समस्या अहिले ९९ प्रतिशत व्यक्तिहरुमा रहेको छ । यस्तो समस्या नभएको मानिस चाहीँ एकदमै कम भेटिन्छन् । 

अहिले अस्पताल आउने व्यक्तिहरुको तथ्याङक हेर्दा सबै उमेर समुहका व्यक्तिहरुमा यो समस्या देखिएको डा. प्रधानले बताइन् । 

आँखामा आँशु नभए पछि आँखा सुख्खा हुन्छ । यस्तो अवस्थामा कृत्रिम आँशुको पनि प्रयोग गरिन्छ । आँखा एकदमै सुख्खा छ भने कृत्रिम आँशु आधा आधा घण्टा तथा एक एक घण्टामा लगाउँदा पनि हुन्छ । तर साधारणतया दिनको ३,४ चोटी  प्रयोग गर्नुपर्छ । आँखा फर्फराउने समस्या पनि आँखाको सुख्खापनको कारण नै हो । 

आँखामा सुख्खापन बढ्नुको कारण के हो ?

उमेर अनुसार फरक फरक कारणले आँखामा सुख्खापन बढ्छ । साना बालबालिकाहरुको कुरा गर्नु पर्दा धेरै कम्प्युटर, ल्यापटप र मोबाइलको प्रयोगको कारणले हो । र बुढाबुढीको हेर्ने हो भने चाहीँ आखाँमा आँशुनै कम हुने हुन्छ । युवाहरुको कुरा गर्नु पर्दा धेरै काम एसी, फ्यान र बढी मोबाइल चलाउनाले आँखामा सुख्खापन बढ्छ । 

आँखामा हुने सुख्खापनका लक्षणहरु 

  • आँखा बिझाउने 
  • आखाँमा केही पसेको जस्तो हुने 
  • आँखा धमिलो हुने 
  • हेर्न कठिन हुने 
  • आँखा चिलाउने 
  • आँशु नआउने 
  • आँखा दुख्ने
  • आँखाको सुख्खापनबाट टाउको दुख्ने समस्या समेत हुने गर्दछ । 

समस्या समाधानको उपायहरु

  • कम्प्युटर, ल्यापटप र मोबाइलको प्रयोग कम गर्ने 
  • कम्प्युटर, ल्यापटप र मोबाइलको प्रयोग गर्दा चश्मा लगाउने 
  • कम्प्युटर, ल्यापटप र मोबाइलको प्रयोग गर्दा सकेसम्म कम ब्राइटनेस् बनाएर प्रयोग गर्ने 
  • डार्क मुड अन गरेर मात्र कम्प्युटर मोबाईलहरुको प्रयोग गर्ने 
  • सकेसम्म बाहिर काम धेरै गर्ने 
  • बाहिर घाममा हिड्दा कालो चश्मा लगाउने 
  • आँखालाई सकेकम्म प्रदूषणबाट बचाउने 
  • बेलैमा आँखा जचाउँने र चिकित्सकको सल्लाह अनुसार औषधिको प्रयोग गर्ने 
  • कम्प्युटर, मोबाईल, ल्यापटप बढि प्रयोग गर्ने व्यक्तिहरुले घण्टै पिच्छे २० सेकेन्डको लागि बाहिर हेर्ने र एकोहोरो त्यही कम्प्युटर मात्र चलाई नरहने ,बेला बेलामा बाहिर ओहोर दोहोर गर्ने गर्दा आँखाले आराम पाउँछ । जसको कारण आँखालाई विश्राम मिलोस् । 

कुन उमेर समूहमा आखाँ सुख्खापनको समस्या बढी हुने गर्दछ ? 

यसको कुनै निश्चित उमेर छैन । यो जुन उमेरका व्यक्तिहरुमा पनि हुने गर्दछ । बालबालिका, वयस्क र वृद्धा सबै उमेरका व्यक्तिहरुमा यो समस्या हुने गर्दछ । 

आँखालाई जोगाउन के गर्नुपर्छ ?

बाहिर हिड्दा कालो चश्मा लगाउने, यदि कालो चश्मा लगाउने गरेको छैन भने रंगविहीन सादा चश्मा लगाउने, सके सम्म धुलो, धुँवा तथा प्रदूषणबाट टाढै रहने, घामलाई नाङ्गो आँखाले सोझै नहेर्ने । 

उपचार कत्तिको कठिन छ ?

उपचार त त्यति कठिन छैन तर आँखा पूरै सुख्खा भएको अवस्थामा चाहीँ गाह्रो हुन्छ । आँखा हेर्नमा तथा खोल्न समस्या भए यस्तो अवस्थामा चाहीँ कृत्रिम साधनको प्रयोग गर्नु पर्दछ । आँशु आउने थैली भने परेलाको पछाडि हुन्छ । 

यसको उपचार गर्न कति समय लाग्छ ?

अलिअलि मात्र सुख्खापन छ भने धेरै समय लाग्दैन १,२ हप्तामै हुन्छ । धेरै सख्खापन छ भने त महिनौ, बर्षौसमेत लाग्ने गर्छ ।

अलिअलि मात्र सुख्खापन छ भने धेरै समय लाग्दैन १,२ हप्तामै हुन्छ । धेरै सख्खापन छ भने त महिनौ, बर्षौसमेत लाग्ने गर्छ । कम्प्युटर, मोबाईल, ल्यापटप बढि प्रयोग गर्ने व्यक्तिहरुले घण्टै पिच्छे २० सेकेन्डको लागि बाहिर हेर्ने र एकोहोरो कम्प्युटर, मोबाइल र ल्यापटप मात्र चलाई रहने गर्नुहुन्न । बेलामा बाहिर ओहोर दोहोर गर्ने गर्दै शारीरिक सक्रियता पनि देखाउनुपर्छ । जसको कारण आँखालाई विश्राम मिलोस् । 

के को कमीले आँखा सुख्खापन हुन्छ ?

मुख्य त आँशुकै कमीको कारणले गर्दा आँखा सुख्खा हुन्छ । र धेरै कम्प्युटर, ल्यापटप, मोबाइल तथा प्रदूषणको कारण आँशु आउने ग्रन्थीमा असर पार्ने हुनाले आँखामा सुख्खापन निम्त्याउँछ । 

Logo