नेपालमा आज कोरोनाबाट थप एक जनाको मृत्यु, १०६ जनामा संक्रमण

नेपालमा आज कोरोनाबाट थप एक जनाको मृत्यु, १०६ जनामा संक्रमण

केन्द्रबिन्दु
0
Shares

पछिल्लो २४ घण्टामा देशभर थप १०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार एक हजार ८८३ नमुना परीक्षण गर्दा १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पीसीआर परीक्षणमा ६४ जनामा र एन्टिजेन परीक्षणमा ४२ जनामा कोरोना पुष्टि भएको छ । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ४१४ रहेको छ । 

साथै पछिल्लो २४ घण्टामा ४६ जना कोरोना संक्रमणमुक्त भएका छन् भने एक जनाको मृत्युको खवर छ । नेपालमा संक्रमणबाट ज्यान गुमाउनेको संख्या १२ हजार २६ पुगेको छ । 

काठमाडौं उपत्यकामा संस्थागत आईसोलेसनमा २५ जना, आईसीयूमा ७ जना र तीनजना संक्रमितको भेन्टिलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ । 

Logo