डेंगीको डरः हरेक शुक्रबार १० मिनेट आफ्नो कार्यलय सफा गरौं

डेंगीको डरः हरेक शुक्रबार १० मिनेट आफ्नो कार्यलय सफा गरौं

केन्द्रबिन्दु
0
Shares

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै सरकारी तथा सार्वजनिक कार्यालयका कर्मचारीलाई १० मिनेट आफ्नो कार्यलय सफा गर्न आग्रह गरेको छ । 

आज मन्त्रालयले एक सूचना जारी गर्दै सबै सरकारी तथा सार्वजनिक कार्यालयहरु आजदेखि हरेक शुक्रबार बिहान साढे दश बजे दश मिनेट सफा गर्ने अभियान सञ्चालन गर्न आग्रह गरेको हो ।

आफ्नो कार्यालय हाताभित्र र वरपर सबै कर्मचारी सहभागी भई सरसफाई अभियान अनिवार्य रुपमा सञ्चालन गर्न मन्त्रालयले अनुरोध छ ।

गत वर्ष नेपालमा डेंगी सङ्क्रमण हालसम्मकै उच्च भएको थियो । यस वर्ष पनि डेंगीका बिरामी बढ्न सक्ने सम्भावित मौसमपूर्व नै सङ्क्रमण बढ्दै गरेकाले सरकारले यस्तो आग्रह गरेको हो । डेंगी सङ्क्रमण हुन नदिन लामखुट्टेको वृद्धि विकास रोक्ने र सङ्क्रमित लामखुट्टेको टोकाईबाट बच्नु नै उत्तम उपाय हो । 

Logo