पछिल्लो २४ घण्टामा ६४ कोरोना संक्रमित निकाे भए, ११ जना आईसीयूमा

पछिल्लो २४ घण्टामा ६४ कोरोना संक्रमित निकाे भए, ११ जना आईसीयूमा


पछिल्लो २४ घण्टामा देशभर थप १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार सार्वजनिक गरेको विवरणअनुसार ३७५ नमुना परीक्षण गर्दा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै देशभर सक्रिय संक्रमितको संख्या २८३ रहेको छ । 

साथै पछिल्लो २४ घण्टामा ६४ जना कोरोना संक्रमणमुक्त भएका छन् । काठमाडौं उपत्यकामा संस्थागत आईसोलेसनमा ३२ जना, आईसीयूमा ११ जना र एकजना संक्रमितको भेन्टिलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ । 

Logo