सरकारकाे आग्रह- कोरोनाबाट बच्न सूर्तीजन्य प्रदार्थको सेवन नगर्नू

सरकारकाे आग्रह- कोरोनाबाट बच्न सूर्तीजन्य प्रदार्थको सेवन नगर्नू


सरकारले कोरोना भाइरसको संक्रमणबाट बच्न सूर्तीजन्य प्रदार्थको सेवन नगर्न आग्रह गरेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना जारी गर्दै सूर्तीजन्य पदार्थको सेवनले रोगप्रतिरोधात्मक शक्तिलाई असर गरी संक्रमण हुने सम्भावना बढाउँने हुँदा सूर्तीजन्य पदार्थको सेवन नगर्न आग्रह गरेको हो । 

सूर्तीजन्य पदार्थ सेवन गर्दा ओठ, मुख औलाले छुनुपर्ने हुँदा कोरोना संक्रमण सजिलै सर्ने सम्भावना बढी हुने मन्त्रालयले जनाएको छ ।  

कोरोना भाइरसले फोक्सोलाई क्षति पुर्‍याउने हुँदा सूर्तीजन्य पदार्थ सेवन गर्नेको फोक्सोमा पहिले नै समस्या भइसकेकोले थप जटित निम्त्याउने सूचनामा उल्लेख गरेको छ । 

Logo