कोरोनाबाट आज थप एक जनाको मृत्यु, ४३ जनामा संक्रमण पुष्टि

कोरोनाबाट आज थप एक जनाको मृत्यु, ४३ जनामा संक्रमण पुष्टि


नेपालमा पछिल्लो २४ घण्टामा थप ४३ जना कोरोना संक्रमित थपिएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १ हजार ३०१ नमूना परीक्षण गर्दा थप ४३ जनामा संक्रमण पुष्टि भएको हो । योसंगै सक्रिय संक्रमितको संख्या २०२ पुगेको छ । 

त्यस्तै, वितेको २४ घण्टामा कोरोना संक्रमणकै कारण थप एक जनाको ज्यान गएको छ भने ५० जना निकाे भएका छन् ।  

काठमाडौं उपत्यकामा संस्थागत आईसोलेसनमा २६ जना र आईसीयूमा १२ जना र भेन्टिलेटरमा राखेर एक जना संक्रमितको उपचार भइरहेको मन्त्रालयले जनाएको छ । 

Logo