पछिल्लो २४ घण्टामा थप ५१ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा थप ५१ जनामा कोरोना संक्रमण

केन्द्रबिन्दु
0
Shares

पछिल्लो २४ घण्टामा देशभर थप ५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलवार सार्वजनिक गरेको विवरणअनुसार एक हजार ९०२ नमुना परीक्षण गर्दा ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । याे अवधिमा २६ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

योसँगै देशभर सक्रिय संक्रमितको संख्या १४७ रहेको छ । काठमाडौं उपत्यकामा संस्थागत आईसोलेसनमा १३ जना, आईसीयूमा छ जना र एक संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

Logo