सुर्तीजन्य पदार्थमा कर बढाएर गरिबको नि: शुल्क उपचार गर्छु : मन्त्री बस्नेत

सुर्तीजन्य पदार्थमा कर बढाएर गरिबको नि: शुल्क उपचार गर्छु : मन्त्री बस्नेत

केन्द्रबिन्दु
0
Shares

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य उपचार नपाएर मृत्युवरण गर्नुपर्ने अवस्थाको अन्त्य गर्ने प्रतिबद्धता जनाएका छन्।

सिन्धुपाल्चोकको हेलम्बु– ३ स्थित पाल्चोक खानेपानी आयोजना उद्घाटन गर्दै मन्त्री बस्नेतले यस्तो बताएका हुन्। उनले भने, ‘अहिलेको समयमा पनि देशका धेरै ठाउँमा थुन्से र डोकोमा हालेर अस्पतालमा लैजाने बाध्यता छ । सुर्तीजन्य पदार्थमा कर बढाई त्यसबाट गरिबलाई निःशुल्क उपचार गर्ने व्यवस्था गरिँदै छ।’

उनले गरिबले अस्पतालमा गएर उपचार गर्न सक्ने अवस्था नभएको भन्दै यो अवस्थाको अन्त्य गर्ने प्रतिबद्धता जनाए ।

Logo