गोरखामा नि:शुल्क आयुर्वेद स्वास्थ्य शिविर

गोरखामा नि:शुल्क आयुर्वेद स्वास्थ्य शिविर

केन्द्रबिन्दु
0
Shares

गोरखा नगरपालिका गोरखाले आयोजना भएको नि:शुल्क आयुर्वेद स्वास्थ्य शिविरबाट दुई सय ३५ जनाले सेवा लिएका छन् ।

नगरपालिकाले वडा नम्बर १३ र १४ स्थित याङकोटमा सञ्चालन गरिएको स्वास्थ्य शिविरमा ७३ जना पुरुष र एक सय ६२ जना महिलाले उपचार सेवा लिएको नगरपालिकाका आयुर्वेद शाखाका प्रमुख जीवनकुमार श्रेष्ठले जानकारी दिए।

शिविरमा अम्लपित्त, पेटसम्बन्धी रोग, मधुमेह, उच्च रक्तचाप, स्त्री रोग, बाथ रोग, जोर्नी दुखाइलगायतका रोगको जाँच तथा उपचार सेवा प्रदान गरिएको उनले बताए ।

स्वास्थ्य शिविरमा उपचारका लागि आएका थप १६१ जनाले ब्लड सुगर परीक्षण गरिएको प्रमुख श्रेष्ठले बताए । शिविरमा आएका उपचार सेवा लिएकाहरू औषधिसमेत वितरण गरिएको प्रमुख श्रेष्ठले जानकारी दिए।

स्वास्थ्य शिविरमा नरदेवी आयुर्वेद विज्ञ डा वृद्धिप्रसाद पौडेल, देउराली स्वास्थ्यचौकीका प्रमुख दीपेन्द्र भण्डारीलगायतको सहभागिता रहेको थियो ।

Skip This
Skip This
Logo