गरिव,विपन्नलाई निःशुल्क स्वास्थ्य सेवा सुरु हुन्छः मन्त्री बस्नेत

गरिव,विपन्नलाई निःशुल्क स्वास्थ्य सेवा सुरु हुन्छः मन्त्री बस्नेत


स्वास्थ्यतथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले विभिन्न अस्पतालका २ हजार २८ वटा बेडबाट निःशूल्क स्वास्थ्य सेवा उपलब्ध हुने जानकारी दिएका छन्। मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले आफूले अनुगमनका क्रममा देशका विभिन्न अस्पतालबाट २ हजार भन्दा बढी बेड निशुल्क प्राप्त गर्ने अवस्था निर्माण गरिएको बताएका हुन्। 

उनले भने,‘वीर हस्पिटलमा ७ सय वटा बेड, विराटनगरको कोशी अस्पतालमा ३ सय ३० निशुल्क बेड, कान्तिबाल अस्पताल २ सय ४८ वटा, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ६० वटा, परोपकार अस्पतालमा४ सय ५०, राष्ट्रिय ट्रमा सेन्टरमा १ सय ५०, सहिद गंगालालमा ९० वटा गरेर २ हजार २८ वटा बेड निशुल्क भएको घोषणा गरेका छौँ।’

उनले नेपालको संविधानले सबै नागरिकहरुको स्वास्थ्य सेवा उपलब्ध गराउने जिम्मेवारी राज्यको भएपनि व्यवहारमा पूर्ण रुपमा लागू भएको उल्लेख गर्दै अहिले त्यो अवस्थाबाट नेपाली जनता बाहिर आएको बताए।
 
गरिब, असहाय, विपन्न व्यक्तिहरुको लागि १० प्रतिशत उपचारसहितको बेड छुट्याउनुपर्ने कानूनी व्यवस्था गरेको बताएका छन्। उपचारबाट वञ्चित विपन्न परिवारका लागि २२ जिल्लामा छुट कार्ड र अन्य जिल्लामा वडा कार्यालय, स्थानिय सरकारको सिफारिसमा निःशूल्क सेवा उपलब्ध गराउने व्यवस्था लागू गरिएको उनले जानकारी दिए।
 
‘सबै अस्पताल र मेडिकल कलेजहरुले स्थापना गर्ने समयमा १० प्रतिशत उपचारसहितको बेड गरिव, असाहाय, विपन्न व्यक्तिहरुलाई छुट्याउनुपर्ने हाम्रो कानूनी व्यवस्था पनि छ। यो पनि लागू भएको छ।’

उनले भने,‘उपचारको मापदण्डमा २२ जिल्लाका असाहाय, विपन्नहरुलाई कार्ड बनाई दिने र त्यो भन्दा बाहेक वडा कार्यालय, स्थानीय सरकार, जसले असहाय, विपन्नलाई चिन्छ उनिहरुको सिफारिसमा निशूल्क सेवाउपलब्ध गराउने भनेर लागू गराएका छौँ। यसबाट नेपालीहरुले सेवा पाएको छ। ’

Logo