स्वास्थ्यमन्त्री बस्नेतले गरे बनेपाको रेयुकाई एईको आँखा अस्पताल निरीक्षण

स्वास्थ्यमन्त्री बस्नेतले गरे बनेपाको रेयुकाई एईको आँखा अस्पताल निरीक्षण


स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले बिहीबार बनेपा -६ स्थित रेयुकाई एईको मासुनागा आँखा अस्पतालको निरीक्षण गरेका छन् । 

निरीक्षणका क्रममा मन्त्री बस्नेतले अस्पतालले प्रदान गरिरहेको आँखा उपचार सेवाका बिषयमा जानकारी लिएका हुन् । उनले उपचारका लागि आएका विरामी र उनीहरुका आफन्तसँग उपचार सेवाका विषयमा कुराकानीसमेत गरेका थिए ।

अस्पतालले स्वास्थ्य विमा कार्यक्रममार्फत पनि उपचार प्रदान गरिरहेको अस्पताल सञ्चालक समितिका महासचिव हीरामणी शर्माले मन्त्री बस्नेतलाई जानकारी दिएका थिए । 

मन्त्री बस्नेतले समुदायमा सर्वसुलभ रुपमा आँखा उपचार सेवा प्रदान गर्न अस्पताल सञ्चालक समितिका सदस्य र अस्पतालका स्वास्थ्यकर्मीलाई सल्लाह दिएका थिए ।

Logo