प्रसिद्ध मुटुरोग विशेषज्ञ डा. अरुण सायमी केएमसीमा आबद्ध

प्रसिद्ध मुटुरोग विशेषज्ञ डा. अरुण सायमी केएमसीमा आबद्ध

केन्द्रबिन्दु
0
Shares

प्रसिद्ध मुटुरोग विशेषज्ञ प्राध्यापक डा. अरुण सायमी काठमाडौँ मेडिकल कलेजमा आबद्ध हुने भएका छन् ।

सहिद गंगालाल हृदय केन्द्रका संस्थापक अध्यक्षसमेत रहिसकेका डा. सायमीले साउन १ गतेदेखि काठमाडौँ मेडिकल कलेजमा सेवा सुरु गर्ने भएका हुन् । उनले केएमसीको कार्डियोलोजी विभागलाई हेर्नेछन् । 

मुटु रोगीहरूलाई विशेष स्वास्थ्य सेवा प्रदान गर्न डा. सायमीलाई नियुक्त गरेको जानकारी केएमसीले दिइसकेको छ ।केएमसीलाई मुलुककै नमूना स्वास्थ्य संस्था बनाउने उदेश्यसहित उनलाई नियुक्त गरिएको हो । 

डा. सायमीले ४० वर्षदेखि एमविविएस, एमडी, डिएम कार्डियोलोजीका विद्यार्थीहरूलाई अध्यापनसमेत गराउँदै आएका थिए । साथै उनले दुई दशक बढी नेपाल सरकारका प्रधानमन्त्रीको निजी चिकित्सकसमेत रहेर काम गरिसकेका छन् । 

Skip This
Logo