हरेक फार्मेसीमा अस्पतालको प्रेसक्रिप्सन अडिट गर्ने मन्त्री बस्नेतको घोषणा

हरेक फार्मेसीमा अस्पतालको प्रेसक्रिप्सन अडिट गर्ने मन्त्री बस्नेतको घोषणा


स्वस्थ्य मन्त्री मोहन बहादुर बस्नेतले हरेक फार्मेसीले अस्पतालको औषधि खरिद गर्न दिएको अनुमतिबारेको तथ्याङ्क अडिट गर्ने घोषणा गरेका छन्।
 
मंगलबार वीर अस्पतालमा अनुगमन र निरीक्षण गर्ने क्रममा उनले सामान्य टाउको दुखेको मान्छेलाई सिटामोल खाएर हुने ठाउँमा एमआरआई गर सिटिस्क्यान गर यस्तो गर उस्तो गर भन्ने क्रम प्रवृत्ति बढेको भन्दै त्यसलाई निरुत्साहीत गर्नुपर्ने बताएका हुन्। 

‘अब हामी प्रेसक्रिप्सन अडिट गर्छौँ। प्रेसक्रिप्सन अडिट गर्ने अधिकार छ। अडिट गर्दा त्यो प्रेसक्रिप्सन गलत देखियो भने कारवाही हुन्छ। यहाँ के पनि देखिएको छ भने सामान्य टाउको दुखेको मान्छेलाई सिटामोल खाएर हुने ठाउँमा एमआरआई  गर सिटिस्क्यान गर यस्तो उस्तो गर भनेर प्रेसक्रिप्सन पठाइरहेका छन्।’

फार्मेसीहरुलाई नियममा राख्न र कतिपय डाक्टरहरुले विर्सेका कुरा पनि उनिहरुलाई थाहा हुने हुँदा यस्तो नियमहरु लागु गर्ने उनको भनाई छ।अनुशासित नभएसम्म स्वास्थ्य क्षेत्र सुधार नहुने उनको भनाई छ।  

Logo