सरकार सबै नागरिकको निःशुल्क स्वास्थ्य सेवाको तयारीमा छ -मन्त्री बस्नेत

सरकार सबै नागरिकको निःशुल्क स्वास्थ्य सेवाको तयारीमा छ -मन्त्री बस्नेत

केन्द्रबिन्दु
0
Shares

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले हरेक नागरिकले चाँडै निशुल्क उपचारको सुविधा पाउने बताएका छन् । 

लिभर फाउण्डेशन नेपालद्धारा विश्व अंग दान दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले अब कोहि मान्छे पैसा नभएर मर्न नपर्ने भन्दै त्यसको व्यवस्था राज्यले गरिरहेको बताएका हुन् ।  

उनले भने, ‘देशभरी गरीब निमुखाको स्वास्थ्य निशुल्क उपचार गर्ने भनेर अभियान चलाएर बसेको मान्छे अझैपनि भन्छु ।  कोहि मान्छे पैसा नभएको कारण उपचार नपाएर मर्नु पर्दैन त्यसको जिम्मा राज्यले लिन्छ । म लिन्छु । कसरी व्यवस्था गर्ने हामी गरिरहेका छौँ ।’

मन्त्री बस्नेतले एउटा मन्त्रीले गलत निर्णय लिदाँ पूरै देश बिग्रने भएकाले आफू अरुको कुरा नसुनी स्वास्थ्य क्षेत्रलाई सुधारेर कर्मचारी व्यवस्थापनमा सक्रियतापूर्वक लागेको जिकिर गरे । निजी भन्ने बित्तिकै राम्रो सेवा हुन्छ भन्ने भ्रम बढेकाले सरकारी शिक्षा र स्वास्थ्य क्षेत्रले प्राथमिकता नपाएको उनको गुनासो छ । 

Logo