मिदास टेक्नोलोजीसँगको संयुक्त प्रयासमा कोशी अस्पतालद्वारा ‘नयाँ अस्पताल एप’ सेवा सुरु

मिदास टेक्नोलोजीसँगको संयुक्त प्रयासमा कोशी अस्पतालद्वारा ‘नयाँ अस्पताल एप’ सेवा सुरु


नेपालको प्रतिष्ठित अस्पताल मध्येको कोशी अस्पतालले मिदास टेक्नोलोजीसँगको सहकार्यमा आफ्नो नयाँ ‘मोबाइल अस्पताल एप’ सञ्चालनमा ल्याएको छ ।

यो एपमार्फत बिरामीहरूले अब सजिलै अनलाइन अपोइन्टमेन्ट बुकिङ गर्न सक्ने छन् । बिरामीहरूले ओपिडी टिकटहरू बुकिङ र खरिद गर्नुका साथै प्रयोगशाला रिपोर्टहरू पनि एपबाटै प्राप्त गर्नेसक्ने छन् ।

यसैगरी नेपाल सरकार स्वास्थ्य बिमा बोर्डले उपलब्ध गराएको स्वास्थ्य बिमा भएका प्रयोगकर्ताहरूले समेत अस्पतालको निःशुल्क टिकट बुक गर्न र आफ्नो बिमा जानकारी राखेर प्रमाणीकरण गर्न पनि सक्नेछन् ।

यो सेवाले अपोइन्टमेन्ट लिन अस्पतालसम्म पुग्ने समय र अस्पताल पुगेर लाममा पर्खनु पर्ने झन्झटलाई कम गर्ने छ । यसले अस्पतालको सेवालाई समेत थप पहुँचयोग्य र सुलभ बनाउन सहयोग पुग्नेछ ।

Logo