सरकारसँग वार्ता भएको भोलिपल्टै काठमाडौंमा कुटिए डाक्टर, सहकर्मीहरु आन्दोलनमा

सरकारसँग वार्ता भएको भोलिपल्टै काठमाडौंमा कुटिए डाक्टर, सहकर्मीहरु आन्दोलनमा


काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा सहकर्मीमाथि  हातपात भएको विरोधमा त्यहाँका चिकित्सकले विरोध प्रर्दशन गरेका छन् । 

इन्टर्न डाक्टरमाथि हातपात भएको भन्दै उनीहरुले काम बन्द गरेर आइतबार  अस्पताल अगाडिको सडकमा धर्ना दिएका हुन् । मिर्गौला रोगको परीक्षणका लागि बहिरंग सेवा (ओपीडी)मा आएका बिरामीले आइतबार दिउँसो साढे १२ बजेतिर इन्टर्न डाक्टर मनिष खड्कामाथि आक्रमण गरेको उनीहरुको भनाई छ । 

डाक्टरहरुले आफूहरूको सुरक्षा र कुटपिटमा संलग्नलाई कारबाहीको माग राखेका छन्।

आन्दोलनमा सहभागि डाक्टर विवेक अधिकारीले भने, ‘हामी काम गर्न सक्दैनौँ । हाम्रो अगाडि मानीसको ज्यान झण्डै गएको छ । एक जनालाई तीन जनाले कुटेर टाउको झण्डै फुटेको छ । तीन जना मानीसलाई कारबाही गर्न सकेन भने नयाँ बिरामी हामी लिँदैनौं ।’

त्यस्तै, अर्का डाक्टर प्रशानसकै मान्छे भनेर डाक्टरमाथि कुटपिट भएको बताए । ‘एकजना इन्टनले विरामी भेट्न एकै पटक नआउनु, पालै पालो गरेर आउनुभन्दा त्यही न्यूमा कुटेको हो । त्यो इन्टन बाहिर आउँदा मलाई चिन्छन् यो कलेजको प्रशासनको मान्छे भनेर ३, ४ जना मिलेर कुटेको हो ।’ उनले भने । 

उनले हिजो मात्रै सरकारले डाक्टरसंग गरेको सहमतिको मसी सुक्न नपाउँदै फेरी हातपात भएको भन्दै आक्रोश पोखे । उनले भने ‘हिजो जुन वार्ता भयो त्यो वार्ता मात्रै हो कार्यान्वयन हुन सक्दैन । नेपालमा धेरै हुन्छ यस्तो घटना, नेपालको मुख्य समस्या भनेको नै कार्यान्वयन हुन सक्दैन । जुन नीति आएपनि कार्यान्वयन हुँदैन । डाक्टरको गल्ती छ भने सजाय दिन मिल्छ तर त्यसरी हातपात गर्न मिल्दैन ।’ 

डाक्टर खड्कामाथि हातपात गरेको आरोपमा प्रहरीले रुपक गौतम तथा सरोज गौतमलाई पक्राउ गरेको छ । घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 

 

Logo