५ वर्षपछि यो देशमा डाक्टर र नर्स दिउँसै राँको बालेर खोज्नुपर्ने अवस्था आउँछः मन्त्री बस्नेत

५ वर्षपछि यो देशमा डाक्टर र नर्स दिउँसै राँको बालेर खोज्नुपर्ने अवस्था आउँछः मन्त्री बस्नेत


स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले ५ वर्षपछि यो देशमा डाक्टर र नर्स दिउँसै राँको बालेर खोज्नु पर्ने अवस्था आउने चेतावनी दिएका छन् । 

मंगलबार काठमाडौंमा आयोजित विश्व मानसिक स्वास्थ्य दिवस विशेष कार्यक्रममा स्वास्थ्यमन्त्री बस्नेतले चिकित्सा शिक्षा ऐन संशोधन नगरे देशमा डाक्टर नर्सहरुको उत्पादन कमजोर भएको बताएका हुन् । उनले भने, ‘शिक्षा क्षेत्रमा सुधार गर्नपर्ने तर कोही पनि नबोलेको कुरा चिकित्सा शिक्षा ऐन संशोधन गर्नुपर्छ भन्ने हो । त्यसले गर्दा अहिले देशमा डाक्टर नर्सहरुको उत्पादन कमजोर भयो । अबको ५ वर्षपछि यो देशमा डाक्टर र नर्स दिउँसै राँको बालेर खोज्नुपर्ने दिन आउँछ ।’

हामीले गरेको पहलले चिकित्सा शिक्षा ऐन संशोधन गर्ने कुरामा सरकार अगाडि बढिरहेको स्वास्थ्यमन्त्री बस्नेतको भनाई छ । उनले नेपाललाई मेडिकल हब बनाउनु पर्ने र त्यसको लागि अगाडि बढ्नु पर्ने बताए । 

Logo