काठमाडौं फोटोग्राफर संघको निःशुल्क आँखा शिविर सम्पन्न

काठमाडौं फोटोग्राफर संघको निःशुल्क आँखा शिविर सम्पन्न


काठमाडौं फोटोग्राफर संघले काठमाडौंमा निःशुल्क आँखा शिविर कार्यक्रम संचालन गरेको छ ।

नेपालीहरुको महान चाड वडा दशैं, शुभ दीपावली, नेपाल सम्बत ११४४ तथा छठ पर्वको शुभकामना आदान-प्रदान गर्न आयोजित कार्यक्रममा निःशुल्क आँखा शिविर संचालन गरिएको हो । काठमाडौं महानगरपालिका वडा नं. १० को सहकार्य तथा तिलगंगा आँखा प्रतिष्ठानको प्राविधिक सहयोगमा काठमाडौं फोटोग्राफर संघले आयोजना गरेको आँखा शिविर कार्यक्रममा फोटोग्राफरहरुका साथै सर्वसाधारणको समेत उल्लेख्य सहभागिता रहेको थियो ।

शिविरमा मधुमेहका बिरामीका लागि विशेष आँखा चेकजाँच तथा आवश्यक औषधी निःशुल्क वितरण गरिएको संघका अध्यक्ष हरिप्रसाद घिमिरे बताए । गत भदौ ३० गते संघको अधिवेशनबाट नयाँ कार्यसमिति चयन भए सँगै फोटोग्राफरहरुमा विकसित समान्य तर जटिल समस्याको रुपमा देखापरिरहेकोले यो निःशुल्क शिविर संचालन गरेको हो । फोटोग्राफी पेसा डिजिटलाजेन्समा परिमार्जन भएसँग डिजिटल डिभाइसको प्रयोगले आँखामा आउनसक्ने समस्यालाई मध्यनजर गरेर कार्यक्रम आयोजना गरिएको संघले जनाएको छ ।

निःशुल्क शिविरमा १ सय ७० भन्दा धेरै व्यक्तिहरू लाभान्वित भएको संघका उपाध्यक्ष आनन्द प्रभाकर घिमिरे जानकारी दिए ।

संघका अध्यक्ष हरिप्रसाद घिमिरेको सभापतित्वमा सम्पन्न कार्यक्रममा सल्लाहकार रत्नमान आँसु, पूर्व अध्यक्षद्वय बालकृष्ण श्रेष्ठ, मोति बहादुर बोगटी, निवर्तमान अध्यक्ष डिगम्बर राजवंशी, पूर्वउपाध्यक्ष जीवनाथ काफ्ले, भोजराज घिमिरे, निवर्तमान उपाध्यक्ष भोला काफ्ले, फोटो वाक नेपालका ओम यादव, वरिष्ठ फोटोग्राफर किशोर श्रेष्ठ तथा कार्यक्रम संयोजक हरि ज्ञवालि लगायतले चाडपर्वको शुभकामना मन्तव्य राखेका थिए ।

के एण्ड के कलेज, नयाँ बानेश्वरमा सम्पन्न उक्त कार्यक्रम संघका सचिव रेशम राज पण्डितले सञ्चालन गरेका थिए ।

Logo