तिलगंगाा आँखा प्रतिष्ठानले विश्व मधुमेह दिवस मनाउने

तिलगंगाा आँखा प्रतिष्ठानले विश्व मधुमेह दिवस मनाउने


तिलगंगा आँखा प्रतिष्ठानले कार्तिक १८ गतेदेखि २५ सम्ममा मधुमेहको असरको संचेतनाका लागि साताव्यापी कार्यक्रम आयोजना गरेको छ । 

विश्व मधुमेह दिवस २०२३ नोभेम्बर १४ को मूल नारा ‘जोखिम बुझौं सजगता अपनाऔं’ भन्ने नाराका साथ उक्त कार्यक्रम आयोजना गरेको अस्पतालले जानकारी गराएको हो । अन्तर्राष्ट्रिय मधुमेह संघका अनुसार प्रत्येक १० मध्ये एक मानिसलाई मधुमेह हुनसक्छ भने कम आयस्रोत भएका राष्ट्रहरुमा प्रत्येक ४ मध्ये ३ मानिसलाई मधुमेह हुने गरेको पाइन्छ । 

विश्वभरका २० देखि ७९ वर्ष उमेर समूहका १०.५ प्रतिशत वयस्क जनसंख्यामा मधुमेह हुने भए पनि त्यसमध्येको आधा जनसंख्या मात्र यसबारे जानकार रहेको पाइन्छ ।  बिरामी सचेतनाका लागी अस्पतालभित्र र बाहिर विभिन्न कार्यक्रमको आयोजना गरिदैछ भने अस्पताल परिसरमा सचेतनामूलक सामग्रीहरु प्रेषित गरिएको छ ।
 

Logo