नेपालमा अहिलेसम्म कोरोना समुदायमा पुगेको छैन, ९५ प्रतिशत विदेशबाट आएका व्यक्तिमा संक्रमण

नेपालमा अहिलेसम्म कोरोना समुदायमा पुगेको छैन, ९५ प्रतिशत विदेशबाट आएका व्यक्तिमा संक्रमण

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपालमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या नौ हजार नाघेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार नौ हजार २६ जनामा कोभिडको सङ्क्रमण पुष्टि भएको सन्दर्भमा अहिलेसम्म यो रोग समुदायमा नफैलिएको विज्ञले बताएका छन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले सङ्क्रमितको सङ्ख्या बढिरहे पनि कोभिडको सङ्क्रमण समुदायमा फैलिनसकेको बताए। स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा आइतबार कोभिड–१९ बारे जानकारी दिँदै डा पाण्डेले नेपालमा कोभिड १९ का सङ्क्रमितमध्ये अधिकांश विदेशबाट आएका व्यक्ति भएकाले नेपालमा अहिलेसम्म समुदायमा रोग नभएको बताए ।

उनका अनुसार कूल कोभिडका सङ्क्रमितमध्ये ९५ प्रतिशत विदेशबाट आएका र तीमध्ये पनि सबैजसो भारतबाट आएका छन् । यो सङ्ख्यामा ९२ प्रतिशत पुरुष छन् । उनीहरु १५ देखि ५४ वर्ष उमेरका छन् । उनीहरु श्रमका लागि विदेश गएका र नेपाल फर्कदा कोभिड सङ्क्रमित भएर आएको अवस्था रहेको डा पाण्डेले बताए ।

डा पाण्डेले अहिलेसम्मको मृत्युको अवस्थालाई हेर्दा पनि कोभिड–१९ का कारण मृत्यु भएका २३ मध्येमा चार महिला र बाँकी पुरुष छन् । उनीहरु पनि विभिन्न किसिमका दीर्घ रोगका कारण मृत्यु भएको देखिन्छ । विशेषगरी किड्नी, दम, उच्च रक्तचाप आदिका बिरामीको बढी मृत्यु हुने गरेको बताइएको छ ।

अहिले दैनिक बढेको कोभिड सङ्क्रमितको ग्राफ अबको केही दिनमा क्वारेन्टाइनको परीक्षण सकिएपछि सङ्क्रमितको सङ्ख्या पनि घट्दै जाने उनले बताए। पछिल्लोपटक छ देखि आठ दिनको अवधिमा झण्डै दोब्बर सङ्क्रमित बढेका छन् । अहिले परीक्षणको दायरा बढेको र विदेशबाट आउनेक्रम पनि बढिरहेकाले सङ्ख्या धेरै देखिएको डा पाण्डेको भनाइ छ ।

महाशाखाले सम्भावित सङ्क्रमितको कन्ट्याक ट्रेसिङका लागि २० वटा टिम तयारी अवस्थामा रहेका र हरेक प्रदेशमा तीन तीन टिम परिचालन भइरहेका जानकारी दिँदै यो कार्यलाई बढाइ समुदायमा कोभिडको सङ्क्रमण जान नदिन सक्रियरुपमा लागि परेको निर्देशक पाण्डेले बताए ।

Skip This
Skip This
Logo