एम्बुलेन्स चालकहरुलाई केएमसीको स्वास्थ्य सेवाबारे सचेतना

एम्बुलेन्स चालकहरुलाई केएमसीको स्वास्थ्य सेवाबारे सचेतना


अस्पतालमा रहेका नविनतम स्वास्थ्य उपचार पद्दतिहरुको जानकारी दिन काठमाडौँ मेडिकल कलेजले एम्बुलेन्स चालकहरुको भेला गर्दै स्वास्थ्य सेवाबारे सचेतना दिइएको छ। 

केएमसी तथा न्यूरोभेन्सन सोसाइटीको आयोजनामा बोलाइएको भेलामा अस्पतालमा पछिल्लो समय भित्र्याइएको नविनतम प्रविधि र न्यूरोभेन्सन उपचार विधिको बारेमा जानकारी दिइएको हाे। 

 

एम्बुलेन्स चालकहरु मार्फत केएमसीको स्वास्थ्य सेवा आम जनता र बिरामी समक्ष पुगोस् भन्ने हेतूले उनीहरुलाई बोलाइएको हो। भेलामा राजधानीका ६८ जना एम्बुलेन्स चालकहरु सहभागी थिए।

राजमार्गसहित सडकमा हुने दुर्घटना र जटिल प्रकारका केसहरुको सबै अस्पतालहरुमा तत्कालै उपचार संभव नहुने तथा कतिपय बिरामीका आफन्तलाई कुन अस्पतालमा कस्तो सेवाहरु उपलब्ध हुन्छ थाहा नहुने भएकाले एम्बुलेन्स चालकलाई नै अस्पतालको सेवाहरु बताउँदा बढी प्रभावकारी देखिने भएकाले भेला गरिएको केएमसीका जनरल मेनेजर नारायण दाहालले जानकारी दिए।

भेलामा केएमसीका हस्पिटल डाइरेक्टर डा. सुमन श्रेष्ठले केएमसीमा उपलब्ध स्वास्थ्य सेवा, उपचार पद्दति र चिकित्सकहरुको बारेमा चालकहरुलाई जानकारी दिए।

इन्टरवेशनल न्यूरोलोजिस्ट डा. समर्थ सिंहले केएमसीमा रहेको न्यूरोइन्टरभेन्सन प्रविधिको महत्व त्यसबाट गरिने उपचारहरुका बारेमा ब्याख्या गर्दै बिरामीलाई समयमै अस्पतालसम्म ल्याई पुर्याउन एम्बुलेन्स चालकहरुको महत्वपूर्ण भूमिका रहने बताए।

केएमसीले भित्र्याएकोे न्यूरो इन्टरभेन्सन प्रविधिले पक्षघात, मस्तिस्कघात भएका, नसा च्यापिएका तथा हाडजोर्नीका गम्भिर बिरामीले राहत महशुष गरिरहेका छन् ।

केएमसीले पछिल्लो समय स्वास्थ्य सेवामा दक्ष जनशक्तिसँगै नयाँनयाँ प्रविधिहरु विस्तार गरिरहेको छ। सांसद डा. सुनिलकुमार शर्माको टीमले केएमसी लिएसँगै त्यहाँको स्वास्थ्य सेवा सुधारिएको हो ।

Logo