केएमसीको टिमले दाङमा गर्‍यो १३ सय १९ जनाको निःशुल्क उपचार

केएमसीको टिमले दाङमा गर्‍यो १३ सय १९ जनाको निःशुल्क उपचार

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ मेडिकल कलेज (केएमसी) काे टिमले दाङमा १३ सय १९ जनाको निःशुल्क उपचार गरेको छ। 

नेपाली काँग्रेसका सांसद डा.सुनीलकुमार शर्माले लगेको मेडिकल टिमले शान्तिनगर गाउँपालिका वडा नं ४ को सरस्वती आधारभुत विद्यालयमा आयोजित स्वास्थ्य शिविरमा १३ सय १९ जनाकाे स्वास्थ्योपचार गरेकाे हाे। 

उक्त गाउँपालिकाको आयोजनामा भएको स्वास्थ्य शिविरमा डा.शर्माले काठमाडौँ मेडिकल कलेज केएमसीको २५ जनाको स्वास्थ्यकर्मीको टिम लगेर उपचार गराएको थियाे। उपचार गर्न आएका बिरामीमध्ये १७६ जनाको अल्ट्रासाउन्ड, १४३ जनाको ल्याब, ४२ जनाको ईसीजी तथा १४१ जनाको इको गरिएको थियो। 

५३ जनाको दाँत खोलिएकामा ५३ जनालाई ओटीका लागि रेफर गरिएको छ। सो निःशुल्क स्वास्थ्य शिविरमा बोल्दै सांसद डा. शर्माले शल्यक्रियाका लागि रेफर गरिएकाहरुको निःशुल्क शल्यक्रिया गरिने पनि प्रतिबद्धता जनाएका छन्। डा. शर्माले सम्हालेपछि  केएमसीले निरन्तर रुपमा सामाजिक उत्तरदायित्व अन्तर्गत धेरै भन्दा धेरैलाई निःशुल्क सेवा दिँदै आएको छ। 

Skip This
Skip This
Logo