निःशुल्क स्वास्थ्य शिविरबाट ७४९ लाभान्वित

निःशुल्क स्वास्थ्य शिविरबाट ७४९ लाभान्वित

केन्द्रबिन्दु
0
Shares

इलामको रोङ गाउँपालिका सहित ५ वटा संस्थाको आयोजनामा शनिबार निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

गाउँपालिका सहित रोटरी क्लब अफ बिर्तामोड मिडटाउन, नेपाल हर्ट फाउन्डेसन, नेपाल क्यान्सर फाउण्डेसन, रोटरी क्लब अफ सुरुङ‍्गाको आयोजनामा निःशुल्क स्वास्थ शिविर आयोजना भएको हो । स्वास्थ्य शिविरबाट ७४९ जना लाभान्वित भएका छन् ।

बिर्तामोड आँखा अस्पताल, पुर्वाञ्चल क्यान्सर अस्पपताल र बिएण्डसी अस्पतालको प्राविधिक सहयोगमा आयोजित स्वास्थ्य शिविरमा मुटु रोग बिषेशज्ञ सेवा, पाठेघरको मुखको क्यान्सर जाँच, नाक कान घाँटी रोगको उपचार सेवा, बाल रोग, आँखा उपचार तथा स्वास्थ्य शिक्षा प्रदान गरिएको थियो ।

शिविरमा इसिजि, इको कार्डियोग्राफी, भिडियो एक्सरे लगायतको सुविधा पनि निशुल्क उपलब्ध गराईएको थियो । शिविरमा १० लाख मूल्य बराबरको औषधी निशुल्क वितरण गरिएको थियो भने परीक्षणका क्रममा थप उपचारका लागि हस्पिटल जानुपर्नै भएमा उनिहरुलाई समेत निशुल्क उपचारको व्यवस्था गरिएको रोटरी क्लब अफ मिडटाउन बिर्तामोडका पुर्व अध्यक्ष तथा कार्यक्रम संयोजक सन्तोष अग्रवालले बताए ।

स्वास्थ्य शिविरमा ९६ वटा पशुको उपचार, २४ जनाको माटो परीक्षण र ५८ कृषकको बालीमा लागेको रोगको उपचार गरिएको गाउँपालिका अध्यक्ष मनिकुमार स्याङवोले जानकारी दिए ।

Skip This
Skip This
Logo