नेपालमा पहिलोपटक ओमिक्रोनको नयाँ सव-भेरिएन्ट जेएन.१ पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशका विभिन्न भागहरूबाट विभिन्न उमेर समूहका व्यक्तिहरूबाट सङ्कलित १६ वटा पीसीआर तथा एन्टिजेन पोजेटिभ नमूनाहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पुस २२ मा गरिएको पछिल्लो जिनोम सिक्वेन्सिङ प्रविधिबाट ७ वटा नमुनामा ओमिक्रोनको सव-भेरिएन्ट जेएन.१ नेपालमा पहिलो पटक पुष्टि भएको हो । भारतमा पछिल्लोसमय आतंक मच्चाइरहेको नयाँ भेरिएन्ट अन्ततः नेपाल पनि भित्रिएको छ ।































प्रतिक्रिया