भारतमा कोरोना खोप लगाएकामध्ये ५२ जना बिरामी, एकजनाको अवस्था गम्भीर

भारतमा कोरोना खोप लगाएकामध्ये ५२ जना बिरामी, एकजनाको अवस्था गम्भीर

केन्द्रबिन्दु
0
Shares

भारतमा कोरोनाविरुद्धको खोप लगाएका ५२ जनामा साइडइफेक्ट देखिएकाे भारतीय सञ्चार माध्यमले जनाएकाे छ । भारतमा शनिबारदेखि कोरोना खोप दिन सुरु गरिएको थियो ।

राजधानी नयाँ दिल्लीका ११ जिल्लाका ८ हजार ११७ जनालाई पहिलो दिन खोप लगाइएको थियो । जस्मध्ये ५२ जनालाई खोपको साइडइफेक्ट देखिएको थियो । तीमध्ये एक जनाको स्वास्थ्य बढी खराब भएको थियो । उनलाई उपचार गर्न एक मेडिकल कलेजमा भर्ना गरिएको र उनको अवस्थास्थिर रहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

भारतको ड्रग कन्ट्रोलर जनरल अफ इन्डिया (डीसीजीआई)ले कोरोनाका दुई खोपलाई आपतकालीन प्रयोगको अनुमति दिएको छ ।

 

Logo