प्रदेश नं. २ : २७ सङ्क्रमित घर फिर्ता

प्रदेश नं. २ : २७ सङ्क्रमित घर फिर्ता

केन्द्रबिन्दु
0
Shares

पर्सा ।

प्रदेश नं–२ बाट दुई दिनमा २७ जना कोरोना सङ्क्रमित निको भइ घर फर्केका छन् । वीरगञ्जस्थित नारायणी अस्पतालबाट स्वस्थ भएर जेठ १० गते नौ र ११ गते १८ जना घर फर्केको सामाजिक विकास मन्त्रालयका सचिव डा.रामप्रसाद घिमिरेले पत्रकार सम्मेलनमा जानकारी गराए ।

यस प्रदेश अन्तर्गत वीरगञ्ज अस्पतालमा दुई महिलासहित ४४, गण्डक अस्पतालको आइसोलेशन कक्षमा ६ महिलासहित २७, प्रादेशिक अस्पताल जनकपुरमा दुई महिलासहित २४, रौतहटको गौरी नर्सिङ क्याम्पसको आइसोलेशनमा एक महिलासहित १८ जनाको उपचार भइरहेको छ ।

सर्लाहीको अल्पमाई रामनारायण यादव नर्सिङ क्याम्पसको आइसोलेशनमा १२, बाराको कलैया अस्पतालमा एक महिलासहित १३, सप्तरीको गजेन्द्रनारायण अस्पतालमा चार र सिरहाको महेन्द्र गेनाई अस्पतालमा एक जनाको उपचार भइरहेको छ ।

यसैबीच, सोमबार थपिँएका ५५ जना कोरोना सङ्क्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ । उनीहरुलाई सम्बन्धित स्थलबाट पायक पर्ने कोभिड अस्पतालमा राख्ने व्यवस्था मिलाउने काम भइरहेको सचिव डा.घिमिरेले जानकारी गराए।रासस

Logo