नेपालमा आज ४०३ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा आज ४०३ जनामा कोरोना संक्रमण पुष्टि

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६६ हजार ५४६ जना पुगेको छ । आज ४०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ४ हजार ४२६ रहेको छ ।

पछिल्लो २४ घण्टामा ४१४ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ६० हजार १७७ पुगेको छ । पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । यससँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ९४३ पुगेको छ।

नेपालमा हालसम्म २० लाख २ हजार ४१ जनाको पीसीआर परीक्षण गरिएको छ । आज ५ हजार ३२ जनाको परीक्षण गरिएको छ ।

काठमाडौं उपत्यकामा आज २४६ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार अब उपत्यकाका ३ जिल्ला मध्ये काठमाडौंमा ९९ हजार ५२८, भक्तपुरमा ९ हजार ८५ र ललितपुरका १५ हजार ७०५ संक्रमित पुष्टि भएसँगै कूल संक्रमितको संख्या १ लाख २४ हजार ३६६ जना पुगेको छ

Logo