पाँच हजार स्वाब सङ्कलन गर्न सामग्रीसहित स्वास्थ्य टोली पठाइयो

पाँच हजार स्वाब सङ्कलन गर्न सामग्रीसहित स्वास्थ्य टोली पठाइयो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

आवश्यकता तथा प्राथमिकताका आधारमा पाँच हजार ३०० स्वाब सङ्कलन गरी कोरोना परिक्षण गर्ने योजना अनुसार विभिन्न प्रदेशमा आवश्यक स्वास्थ्य सामग्रीसहित टोली पठाइएको छ ।

नेपाली सेनाको छाउनीस्थित कोभिड–१९ विपद् व्यवस्थापन केन्द्रको संयोजनमा आवश्यक स्वास्थ्य सामग्री तथा उपकरणसहित स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त स्वास्थ्य टोलीलाई शुक्रबार प्रदेश नं १, प्रदेश नं २, गण्डकी प्रदेश र प्रदेश नं ५ का विभिन्न जिल्लामा पठाइएको हो ।

उक्त प्रदेशका उदयपुर, बारा, पर्सा, रौतहट, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, अर्घाखाँची, रुपन्देही, गुल्मी, कपिलवस्तु, प्युठान, दाङ, बाँके र बर्दियामा सङ्क्रमणको जोखिमलाई मध्यनजर गरी वैशाख २८ गते सम्ममा स्वाब संकलन गरी परिक्षणका लागि पठाउने कार्यक्रम रहेको छ ।रासस

Logo