‘द इन्टरनेशनल एसोसिएसन अफ लायन्स क्लब’द्वारा मन्त्रालयलाई स्वास्थ्य सामग्री सहयोग

‘द इन्टरनेशनल एसोसिएसन अफ लायन्स क्लब’द्वारा मन्त्रालयलाई स्वास्थ्य सामग्री सहयोग

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

‘द इन्टरनेशनल एसोसिएसन अफ लायन्स क्लब’ले कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई विभिन्न स्वास्थ्य सामग्रीहरु सहयोग गरेको छ ।

क्लबले आइतबार मन्त्रालयमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई ५७ लाख ४९ हजार २ सय रुपैयाँ बराबरको स्वास्थ्य सामग्रीहरु उपलब्ध गराएको हो । स्वास्थ्य सामग्री ग्रहण गर्दै मन्त्री ढकालले सबै सहयोगी मनहरुको साथ र सहयोगका कारण नेपालले कोरोना भाइरस महामारी विरुद्धको लडाईमा सफलता पाउँदै गएको बताए । उनले सरकार, राजनीतिक दल, नागरिक समाज, सामाजिक संघसंस्था लगायत सबै पक्षको साझा अभियानका कारण नेपाल कोभिड–१९ विरुद्धको लडाईमा सफल हुँदै गएको बताए । उनले अप्ठेरो परेको बेला राज्यसँग सँगै छौं भन्ने अभियानको कारणले गर्दा नै विश्व स्वास्थ्य संगठनले पनि नेपाललाई उच्च जोखिम भएको मुलुकबाट हटाएको बताए । उनले सबैको सहयोग मिलेका कारण अहिले उपचार र स्वास्थ्य सामग्रीहरुको विषयमा पनि चिन्ता लिनुपर्ने अवस्था नरहेको बताए ।

लायन्स क्लबले मन्त्रालयलाई २ हजार सेट पीपीइ, ५ हजार थान एन ९५ मास्क, सर्जिकल ग्लोभ्स ५ हजार थान र एक्जामिनेसन ग्लोभ्स २० हजार थान उपलब्ध गराएको छ । यसबाहेक पनि क्लबले विभिन्न स्वास्थ्य संस्थाहरुलाई सहयोग गर्दै आएको, विभिन्न ठाउँमा अलपत्र परेकाहरुलाई खाद्यान्न एवं अत्यावश्यक सामग्रीहरु उपलब्ध गराउँदै आएको जनाएको छ ।

Logo