‘स्वास्थ्य सामग्रीको अभाव हुन दिइन्न’ : मन्त्री ढकाल

‘स्वास्थ्य सामग्रीको अभाव हुन दिइन्न’ : मन्त्री ढकाल

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले चिकित्सक र स्वास्थ्यकर्मीका लागि आवश्यक सामग्रीको अभाव हुन नदिइने प्रतिबद्धता दोहोर्‍याएका छन् ।

सुदूरपश्चिमबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने तीन सांसद्को बुधबार संयुक्त मागपत्र बुझ्दै मन्त्री ढकालले कोरोना भाइरसको रोकथाम र उपचारका लागि चिकित्सक र स्वास्थ्यकर्मीले स्वास्थ्य सामग्रीको अभाव झेल्नु नपर्ने बताएकाहुन् ।

आवश्यक स्वास्थ्य सामग्री अस्पतालमा पुगेको जनाउँदै उनले कतिपय सामग्री निरन्तर नमूना परीक्षणको काम दोब्बर बनाउन हेलिकोप्टरमार्फत पिसिआर मेसिन धनगढी पठाइएको जानकारी दिए ।

मागपत्र बुझाउन बझाङ्गका प्रतिनिधिसभा सदस्य भैरवबहादुर सिंह, बैतडीका प्रतिनिधिसभा सदस्य दामोदर भण्डारी र दार्चुलाका प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्ना स्वास्थ्य मन्त्रालयमा आएका थिए ।रासस

Logo