लोक दोहारी गायक बद्री पंगेनीले सरकारले कोरोना भाइरस रोकथामका लागि खडा गरेको कोषमा ५० हजार रुपैयाँ सहयोग गरेका छन् । सरकारको पछिल्लो तत्परतालाई ध्यानमा राख्दै पंगेनीले उक्त रकम सहयोग गरेका हुन्।

अहिले धापासीस्थित निवासमा लकडाउनको अवस्थामा समय बिताइरहेका पंगेनीले राष्ट्रिय बाणिज्य बैंकमार्फत उक्त कोषमा रकम जम्मा गरेका हुन् । सबैको सानोसानो सहयोगले सरकारलाई अहिलेको विपदबाट पार पाउन सजिलो हुने उनको धारणा रहेको छ ।





























प्रतिक्रिया