काठमाडौं । हालसालै चीनमा देखा परेको नोबेल कोरोना भाइरसले अहिले विश्वभर तरंग ल्याएको छ । कोरोना भाइरस भाइरसहरूको एक हिस्सा हो । चीनको वुहान शहरमा २०१९ को डिसेम्बरमा पहिलो पटक देखा परेको थियो ।
कोरोना भाइरस सामान्यतया सामान्य चिसो लागे जस्तै श्वासप्रश्वास प्रणालीमा असहज हुने बिरामीका कारण हुन्छ । विश्व स्वास्थ्य संगठनले सुरुमा जानकारी दिएअनुसार ‘मानवबाट मानवमा यो भाइरस निरन्तर सरेको पाइयो । चीनमा देखिएको ‘नोबेल कोरोना भाइरस’ संसारमै पहिलो पटक देखिएको हाे भने सार्स काेराेनाभन्दा खतरनाक भएकाे विश्व स्वास्थ्य संगठनले जनाएकाे छ । विश्व स्वास्थ्य संगठनका अनुसार यो समूहको सुरुवात ३१ डिसेम्बर सन् २०१९ मा भएको थियो, जतिखेर संगठनको चाइना कन्ट्री अफिसलाई सूचित गरिएको थियो ।
प्रारम्भिक महामारीसम्बन्धी खोजअनुसार वुहानको समुद्री खाद्य बजारमा यो भाइरस देखिएको हो । चीनबाट सुरु भएको कोरोना भाइरस अहिले अमेरिकासम्म पुगिसकेको छ । हङकङ, थाइल्याण्ड लगायतका देशहरूमा तीव्र रूपले फैलिइरहेको छ । पछिल्लो अनुसन्धान अनुसार चीनको वुहानमा देखिएको नयाँ कोरोना भाइरस सर्पबाट मानिसमा सरेको पेकिङ्ग जर्नल अफ मेडिकल भाइरोलोजीमा प्रकाशित भएको छ ।
नलाग्न यसाे गराैं
कोरोनाभाइरसको संक्रमणबाट जोगिन व्यक्तिगत सरसफाइमा नै ध्यान दिनुपर्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ मेडिकल सुपरटेन्डेन्ट डा हेमन्त चन्द्र ओझा बताउँछन् । रोग लाग्नबाट बच्न निम्नानुसारको उपाय अपनाऔं ।
- नियमित रूपमा हात सफा गर्ने, व्यक्तिगत सरसफाइमा ध्यान दिने ।
- खोक्दा वा हाच्छिउँ गर्दा रुमालले मुख छोप्ने ।
- मासु र अण्डा राम्रोसँग पकाएर खाने ।
- कोरोना भाइरस लागेको लक्षण देखिएका मानिसदेखि टाढा बस्ने ।
- पशुपन्छी तथा जनावरबाट टाढा रहने ।
- भिडभाडमा सकेसम्म नजाने ।
- चिसोबाट बच्ने ।
- आराम गर्ने ।
- तातो झोल नियमित खाने ।
- जंगली/घरेलु जनावरसँगकाे असुरिक्षत सम्बन्धबाट टाढा रहने ।































प्रतिक्रिया