काठमाडौं ।
नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६२ हजार २६२ जना पुगेको छ । आज ४०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार २८९ रहेको छ ।
पछिल्लो २४ घण्टामा ५९४ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ५५ हजार ८८ पुगेको छ । पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको छ । यससँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ८८५ पुगेको छ।
नेपालमा हालसम्म १९ लाख ५२ हजार ९०३ जनाको पीसीआर परीक्षण गरिएको छ । आज ४ हजार ४०१ सय जनाको परीक्षण गरिएको छ ।
काठमाडौं उपत्यकामा आज १८५ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज काठमाडौंमा १४०, भक्तपुरमा २४ र ललितपुरमा २१ जनामा संक्रमण पुष्टि भएका छन् । अब उपत्यकाका ३ जिल्ला मध्ये काठमाडौंमा ९७ हजार ७४८, भक्तपुरमा ८ हजार ९४२ र ललितपुरका १५ हजार ३५१ संक्रमित पुष्टि भएसँगै कूल संक्रमितको संख्या १ लाख २२ हजार ५९ जना पुगेको छ ।





























प्रतिक्रिया