ग्राण्डी अस्पतालले कोरोना संक्रमितको उपचारलाई निरन्तरता दिने

ग्राण्डी अस्पतालले कोरोना संक्रमितको उपचारलाई निरन्तरता दिने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले कोभिड–१९ बाट संक्रमित विरामीको उपचारलाई निरन्तरता दिने भएको छ ।

अस्पतालले नेपाल सरकारको निर्देशन अनुसार १८ शैयाको सघन उपचार कक्ष सहित ५४ शैया छुट्याएर कोभिड उपचार गरिरहेको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने बताएको छ । अस्पतालको आठौं वार्षिकोत्सवको अवसरमा आइतबार आयोजित कार्यक्रममा बोल्दै अस्पतालका अध्यक्ष दीपक कुँवरले कोभिड–१९ संक्रमित विरामीको उपचारलाई थप प्रभावकारी रुपमा सञ्चालन गर्ने बताएका हुन् ।

उनले अहिलेसम्म ४ सय २८ कोभिड विरामीको सफल उपचार सम्पन्न भएको र आगामी दिनमा पनि अत्यावस्यक स्वास्थ्य सामग्री सहित उपचार सेवालाई निरन्तरता दिने बताए । समुदायमा अन्तर्राष्ट्रिय गुणस्तरको स्वास्थ्य उपचार सेवा सर्वसुलभ रुपमा प्रदान गर्ने उद्देश्यसहित आगामी दिनमा अझ प्रभावकारी काम गर्ने प्रतिवद्धता साथ काम गरिरहेको पनि अध्यक्ष कुँवरले बताए।

ग्राण्डी अस्पतालले २६ विभिन्न स्वास्थ्य सम्बन्धी विधाहरुमा १ सय २१ पूर्णकालिन विशेषज्ञ चिकित्सकहरुद्धारा सेवा उपलब्ध गराइरहेको छ । अस्पतालले स्थापनाका कालदेखि हालसम्म ७ लाख ८५ हजार विरामीको सफल उपचार गरेको छ । हालसम्म ३१ हजार ९ सय विरामीको सफलतापूर्वक शल्यक्रिया सम्पन्न गरेको पनि अस्पतालले जनाएको छ । अस्पतालले अन्तर्राष्ट्रिय स्तरको ओपिडी सेवा, शल्यक्रिया, रेडियो डायग्नोष्टिक, प्याथोलोजी लगायतका सेवाहरु प्रवाह गर्दै आएको छ । यस्तै अस्पतालले इको, ट्रेडमिल, मामोग्राम, विएमडी, अल्ट्रासाउण्ड, इसिजी, रेडियोलोजी, प्याथोलोजी सेवा सरल र सहज तरिकाले उपलब्ध गराउँदै आएको छ ।

Skip This
Skip This
Logo